इन्डियन प्रिमियर लिग : गुजरातले बेंगलोरलाई ६ विकेटले हरायो « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

इन्डियन प्रिमियर लिग : गुजरातले बेंगलोरलाई ६ विकेटले हरायो


८ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले रोयल्स च्यालेन्जर्स बेङ्गलोरलाई ६ विकेटले पराजित गरेको छ ।

यो हारसँगै बेङ्गलोर प्रतियोगिताबाट बाहिरिएको छ भने मुम्बई इन्डियन्स प्लेअफमा पुगेको छ ।

बेंगलोरले दिएको १ सय ९८ रनको लक्ष्य गुजरातले १९.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्न सफल भएको छ ।

गुजरातको जितमा ओपनर शुभमन गिलले ५२ बलमा ५ चौका र ८ छक्काको सहयोगमा अविजित १ सय ४ रनको शतकीय ईनिङ्स खेले । आइपीएल करियरको दोस्रो शतक गिलले ५२ बलमा पूरा गरे ।

यस्तै विजय शंकरले ५३ र रिद्धिमान साहले १२ रन बनाए । बेङ्गलोरका मोहम्मद सिराजले २ विकेट लिए भने विजयकुमार वैश्यक र हर्शल पटेलले १/१ विकेट लिएका थिए ।

आइतबार राति भएको खेलमा बेङ्गलवोरले टस हारेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९७ रन बनायो । बेङ्गलोरका लागि विराट कोहलीले शतक बनाए ।

उनले १ सय १ रन जोडे तर टिमलाई जिताउन सकेनन् । यस्तै बेङ्गलोरका फाप दु प्लेसिसले २८, माइकल ब्रेसवेलले २६, अनुज राउतले २३ र ग्लेन म्याक्सवेलले ११ रन जोडे । गुजरातका नुर अहमदले २ विकेट लिए भने मोहम्मद शामी, यश दयाल र राशिद खानले १/१ विकेट लिए ।

Tags :
प्रतिक्रिया दिनुहोस