प्रधानमन्त्रीलाई ‘विप्लव’ले भने-एकपल्ट माओवादी भएर काम गर्नुस् हामी सडकमा बसेर साथ दिन्छौँ  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रधानमन्त्रीलाई ‘विप्लव’ले भने-एकपल्ट माओवादी भएर काम गर्नुस् हामी सडकमा बसेर साथ दिन्छौँ 


७ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले जनताका चाहनालाई समयमा नै सम्बोधन नगरे विद्रोह हुने चेतावनी दिएका छन् ।

आज (आइतबार) काठमाडौँमा आयोजित १४ औँ राष्ट्रिय बेपत्ता योद्धा स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनयुद्ध पनि जनताका माग र गुनासा नसुन्दाको विरोधमा भएको बताउँदै अहिले पनि त्यस्तै स्थिति आइरहेको दाबी गरे ।

सरकारले मन्त्रिपरिषदमा जनचाहनाअनुरूपका प्रस्तावहरू गरे आफूले सडकबाट साथ दिने विप्लवको भनाइ छ । उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई एक पटक पुनः माओवादी बनेर काम गर्न आग्रह गरे ।

 ‘मैले भनेको छु-क्याबिनेटमा प्रस्ताव गर्नुहोस्, हामी रत्नपार्कको सडकमा बसेर साथ दिनेछौँ । हामी हरेक नराम्रा कामको विरुद्धमा उभिन तयार छौँ । तर, एकपल्क प्रचण्ड कमरेड फेरि माओवादी जस्तो बन्नु पर्छ,’ उनले भने 

Tags :
प्रतिक्रिया दिनुहोस