सरकारकाले भ्रष्टाचार नियन्त्रण गर्नेमा मलाई पत्यार लागिरहेको छैन : ओली  « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

सरकारकाले भ्रष्टाचार नियन्त्रण गर्नेमा मलाई पत्यार लागिरहेको छैन : ओली 


७ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले भ्रष्टाचार नियन्त्रण गर्नेमा आफूलाई पत्यार नलागेको बताएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा उनले त्यस्तो बताएका हुन् । 

“मलाई लाग्दैन सरकारकाले सबै प्रकारका भ्रष्टाचार नियन्त्रण गर्नेछ । मलाई पत्यार लागिरहेको छैन,” ओलीले भने ।  

उनले सरकार भ्रष्टाचार र विकृतिमा द्विविधा देखाएर उम्किन खोजेको आरोप समेत लगाए ।  ओलीले कुनै पनि काल खडमा भएको भ्रष्टाचार र जोकोही भ्रष्टाचारमाथि कारबाही गर्न एक जुट हुन समेत आह्वान गरे ।  

“भ्रष्टाचार र अख्तियारको दुरुपयोगसँग जोडिएका सम्पूर्ण विषयहरूको छानबिन तथा अनुसन्धान गरी कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारी उपर कानुनी कारबाही गरौँ,” ओलीले भने । 

उनले एक पटक साझा इच्छाशक्ति बनाएर भ्रष्टाचारी एक दिन कठघरामा पुग्छ भन्ने स्थापित गर्न पनि आह्वान गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस