ऐतिहासिक स्थलको संरक्षण आवश्यक : महासचिव पोखरेल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ऐतिहासिक स्थलको संरक्षण आवश्यक : महासचिव पोखरेल


६ जेष्ठ २०८०, शनिबार


देउखुरी । नेकपा (एमाले)का महासचिव एवम् लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शङ्कर पोखरेलले ऐतिहासिक स्थलको संरक्षण गर्नुपर्ने बताएका छन् ।

दाङको तुलसीपुर-१९ स्थित ऐतिहासिक एवम् धार्मिक पर्यटकीय स्थल छिल्ली कोट कालिका मन्दिर संरक्षण समितिले आयोजना गरेको कार्यक्रममा उनले विगतमा जथाभावीरुपमा उत्खनन् गर्दा ऐतिहासिक तथ्य नष्ट भएको बताए । ‘यहाँ रहेका ऐतिहासिक हातहतियारको संरक्षण गर्न सरकारले विशेष ध्यान दिनुपर्छ’, महासचिव पोखरेलले भने ।

आफू मुख्यमन्त्री भएको समयमा ऐतिहासिक स्थलको संरक्षण गर्ने कार्यक्रम ल्याएको उनको भनाइ छ । सरकारको नीति तथा कार्यक्रममा पर्यटकीय क्षेत्रलाई यथेष्टरुपमा समेटिनुपर्नेमा महासचिव पोखरेलले जोड दिए ।

नगरप्रमुख टीकाराम खड्काले छिल्लीकोटको विकासका लागि साहसिक खेल जिपलाइन निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिए । छिल्लीकोटसम्म पुग्न बिजौरी स्यालापानी हुँदै सडक कालोपत्र गरिँदै छ ।

स्यालापानीबाट केबुलकारका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) समेत तयार गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस