‘मानवमा परोपकारी भावनाको विकास गर्नुपर्छ’ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

‘मानवमा परोपकारी भावनाको विकास गर्नुपर्छ’


६ जेष्ठ २०८०, शनिबार


दमौली । गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आले मगरले मानवमा परोपकारी भावना विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

ब्रह्माकुमारी राजयोग केन्द्र भिमादले आज आयोजना गरेको स्वागत एवं सम्मान कार्यक्रममा उनले परोपकारी भावनाले मात्रै समाज र देश विकास सम्भव रहेकाले त्यस्तो भावना हरेक मानव जातिमा विकास गर्नुपर्ने बताए ।

मन्त्री आलेले भने, ‘क्रोध र मोहलाई नियन्त्रण गर्नुपर्छ, परोपकारी भावनाको विकास गर्नुपर्छ, मानव मन शुद्धीकरण गर्नुपर्छ, यो अभियानमा ब्रह्माकुमारी राजयोग केन्द्रले ठूलो योगदान पुर्‍याउँदै आएको छ ।’

मन्त्री आलेले पछिल्लो समयमा विश्वभर अशान्ति र झगडा बढेको भन्दै त्यसलाई नियन्त्रण तथा मानव मानवबीच भाइचाराको विकास गर्नुपर्छ भन्ने सन्देश दिन आवश्यक रहेको उल्लेख गरे । सद्भावको भावना र माया प्रेमको भावना कायम गर्न सकियो भने मात्रै हरेक कुराको समाधान गर्न सकिने उनको भनाइ थियो ।

नवनियुक्त आर्थिक मामिलामन्त्री आलेलाई आजै नेपाल मगर महिला सङ्घ भिमाद, नेपाल मगर सांस्कृतिक सङ्घ भिमाद, लायन्स क्लब अफ भिमाद ग्रिनसिटी लगायतले बधाई तथा शुभकामना ज्ञापन गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस