संसद् बैठकमा उपस्थित हुन काँग्रेसले लगायो सांसदलाई ह्वीप « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

संसद् बैठकमा उपस्थित हुन काँग्रेसले लगायो सांसदलाई ह्वीप


५ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ। नेपाली काँग्रेसले आजको संसद् बैठकमा उपस्थित हुन सांसदलाई ह्वीप लगाएको छ ।

संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले ह्वीप लगाएका हुन् । अपराह्न ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

त्यसपछि साँझ ६ बजे धन्यवाद ज्ञापनका लागि अर्को बैठक डाकिएको छ । दुवै बैठकमा उपस्थित हुन काँग्रेसले ह्वीप लगाएको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस