अस्ट्रेलियन सहायक मन्त्री वाट्सद्वारा उद्धार सामग्री हस्तान्तरण « प्रशासन
Logo १३ जेष्ठ २०८१, आइतबार
   

अस्ट्रेलियन सहायक मन्त्री वाट्सद्वारा उद्धार सामग्री हस्तान्तरण


३ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । अष्ट्रेलियाली सहायक परराष्ट्र मन्त्री टिम वाट्सले हिमालयन उद्धार सङ्घ नेपाललाई अस्ट्रेलियामा निर्मित पोर्टेवल अल्टिचुड च्याम्बर (पीएसी) हस्तान्तरण गरेका छन् ।

उक्त सामग्री सङ्घको फेरिचे स्वास्थ्य केन्द्र र सगरमाथा आधार शिविरमा रहेको एभरेस्ट आकस्मिक क्लिनिकमा प्रयोग गरिने छ ।

सहायक मन्त्री वाट्सले सङ्घलाई अष्ट्रेलियाली सरकारको तर्फबाट अष्ट्रेलियाली र अन्य नागरिकहरूलाई पदयात्रा तथा हिमाल आरोहण गर्दा आवश्यक पर्ने अत्यावश्यक स्वास्थ्य सेवा प्रवाह गरेकोमा धन्यवाद व्यक्त गरे ।

उनले नेपाल सहासीक पर्यटनका लागि एक मन पराइएको गन्तव्य रहेको बताए । प्रत्येक वर्ष करिब २७ हजार अस्ट्रेलियालीहरू नेपाल भ्रमण गर्ने र यो वर्ष अस्ट्रेलिया नेपालको चौथो ठूलो पर्यटकको श्रोतको रूपमा रहेको पनि उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस