लोकतन्त्र, गणतन्त्र र संविधान सङ्कटमा : माधव नेपाल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

लोकतन्त्र, गणतन्त्र र संविधान सङ्कटमा : माधव नेपाल


१ जेष्ठ २०८०, सोमबार


काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सङ्घीयता जोखिममा पर्ने अवस्था देखिएको बताएका छन् । उनले लोकतन्त्र, गणतन्त्र र संविधान सङ्कटमा पर्न थालेको पनि बताए ।

सोमबार विद्यार्थी दिवस र अबको बाटो विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘लोकतन्त्र जब सङ्कटमा पर्न थालेको छ, गणतन्त्र जब सङ्कटमा पर्न थालेको छ, संविधान नै सङ्कटमा पर्ने अवस्था देखिँदै छ । सङ्घीयता जोखिममा पर्ने अवस्था देखिँदै छ । यस्तो अवस्थामा कम्युनिष्टहरुले फेरि आफ्नो जिम्मेवारीलाई महसुस गर्नुपर्ने आवश्यकता छ। कम्युनिष्टहरुले उठाउने तेस्रो झण्डा भनेको जनजीविकाको झण्डा हो । सामाजिक न्यायको झण्डा हो । समानताको झण्डा हो । विकासको र समृद्धिको झण्डा हो । यसले यी तीन कुरालाई अहिले हामीले बोकिरहेका छौँ। यसले यी तीन कुरालाई अहिले हामीले बोकिरहेका छौँ । विकास हामी बोकिरहेका छौँ। तर खोजेको जस्तो छैन, समाजमा एक भारी विकृति र विसङ्गति अहिले पनि विद्यमान छन्।’

उनले अब कम्युनिस्ट पार्टीहरू एक भई आफ्नो जिम्मेवारीलाई महसुस गर्नुपर्ने आवश्यकता देखिएको बताए। उनले कम्युनिस्टहरू एक भएर नागरिकको जनजीविका, सामाजिक न्याय र समानताको झण्डा उठाउनुपर्ने आवश्यकता रहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस