आजदेखि एमडीएमएस प्रणाली लागु हुँदै « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

आजदेखि एमडीएमएस प्रणाली लागु हुँदै


१ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) आज सोमबार (जेठ १) गतेदेखि लागु हुँदैछ ।

नेपालमा प्रयोग हुने मोबाइल सेटहरूलाई व्यवस्थित गर्न यो प्रणाली लागु गर्न लागिएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

आइतबार एक सूचना जारी गर्दै प्राधिकरणले व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याई भन्सार कार्यालयमा जाँच पास भएका मोबाइल सेट यो प्रणालीमा स्वतः दर्ता हुने व्यवस्था गरिएको जनाएको छ ।

व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेटहरू भने सम्बन्धित व्यक्ति स्वयंले दर्ता गर्नुपर्नेछ । नागरिकता वा राहदानी प्रणालीमा प्रविष्ट गरी दर्ता गर्न सकिने प्राधिकरणले जनाएको छ ।

नेपालभित्र खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएसमा दर्ता भए/नभएको यकिन गरी मात्र किन्न आग्रह गरिएको छ ।

हेर्नुस् सूचना :

Tags :
प्रतिक्रिया दिनुहोस