कोलकाताले चेन्नाईलाई ६ विकेटले हरायो « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कोलकाताले चेन्नाईलाई ६ विकेटले हरायो


१ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । इन्डियन प्रिमियर लिग(आईपीएल)मा कोलकाता नाईट राईडर्सले चेन्नाई सुपर किंग्सलाई पराजित गरेको छ ।

चेन्नाईको घरेलु मैदान एमए चेन्नास्वामीमा आइतबार भएको खेलमा कोलकाता नाईट राईडर्सले चेन्नाई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको हो ।

कोलकाता १३ खेलबाट १२ अङ्क जोडेर सातौँ स्थानमा उक्लेको छ । हारपछि पनि चेन्नाइ १३ खेलबाट १५ अङ्कसहित दोस्रो स्थानमै रहेको ।

कप्तान नितिश राणा र रिंकु सिंहले अर्ध शतक बनाएपछि चेन्नाइले दिएको १४५ रनको लक्ष्य कोलकाताले ९ बल अगावै चार विकेट गुमाएर पूरा गरेको हो । ३३ रनमा तीन विकेट गुमाएको अवस्थामा नितिश र रिंकुले ९९ रनको साझेदारी गरे ।

नितिश राणाले ४४ बल खेल्दै ६ चौका र एक छक्का मदतमा अविजित ५७ रन बनाए । रिंकुले ४३ बलमा ४ चौका र तीन छक्का प्रहार गरी ५४ रन बनाए । चेन्नाइका लागि दिपक चाहरले तीन विकेट लिए ।

त्यसअघि घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नाइले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४४ रन बनाएको थियो । चेन्नाइका लागि शिभव दुवेले ३४ बलमा एक चौका र तीन छक्का प्रहार गरी अविजित ४८ रन बनाए । डेभोन कनवेले ३० र रविन्द्र जडेजाले २० रन जोडे ।

कोलकाताका सुनिल नारिनले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिएका थिए भने वरुण चक्रवर्तीले पनि २ विकेट लिन सफल भएका थिए ।

त्यस्तै, वैभव आरोरा र शार्दुल ठाकुरले समान १/१ विकेट लिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस