गण्डकीमा मनाङेसहित ४ मन्त्री नियुक्त « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

गण्डकीमा मनाङेसहित ४ मन्त्री नियुक्त


२९ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । गण्डकी प्रदेश मन्त्रिपरिषद्को बिस्तार भएको छ । नेपाली काँग्रेसबाट २, नेकपा माओवादीबाट २ र एकीकृत समाजवादीबाट १ जना गरी ७ सदस्यीय मन्त्रिपरिषद् बनाइएको छ ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले काँग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका दीपेन्द्रबहादुर थापालाई मन्त्री नियुक्त गरेका छन् भने एकीकृत समाजवादीबाट राजीव गुरुङ (दीपक मनाङे) र माओवादीबाट रेशमबहादुर जुग्जाली नियुक्त भएका छन् ।

मन्त्रालयको नाम भने शपथसँगै सार्वजनिक गर्ने मुख्यमन्त्री पाण्डेले बताएका छन् । ४ बजे मन्त्रीको शपथ कार्यक्रम राखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस