संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन


२९ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन भएको छ ।

नेपाली कांग्रेसको राजनीतिमा लामो समय सक्रिय बनेका बस्नेतको ७८ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।

२००२ साल मंसिर २१ गते सोलुखुम्बुको लिखुपिके गाउँपालिका–३ मा जन्मिएका बस्नेत काठमाडौँको सिफलमा बस्दै आएका थिए ।

कांग्रेसको केन्द्रिय सदस्यसमेत भएका बस्नेतले त्रिभुवन विश्वविद्यालयबाट एमए तथा बीएल गरेका छन् ।

बस्नेतले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षसमेतको जिम्मेवारी सम्हालेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस