आईपीएलमा आज कोलकत्ता र राजस्थान भिड्दै « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

आईपीएलमा आज कोलकत्ता र राजस्थान भिड्दै


२८ बैशाख २०८०, बिहिबार


काठमाडौँ । भारतमा जारी ईन्डियन प्रिमियर लिग (आईपीएल) मा बिहीबार एक खेल हुँदैछ ।

बिहीबार कोलकत्ता नाईट राइडर्स र राजस्थान रोयल्स भिड्नेछन् । यो खेल कोलकत्ताको घरेलु मैदान इडन गार्डेनमा नेपाली समयअनुसार बेलुका पौने ८ बजेबाट हुनेछ ।

दुवै टोली बिहीबारको खेल जितेर प्लेअफ सम्भावना बलियो बनाउन चाहन्छन् ।

कोलकत्ता ११ खेलमा ५ जित र ६ हारका साथ छैटौँ स्थानमा रहेको छ भने राजस्थान ११ खेलमा ५ जित र ६ हारका साथ अङ्क तालिकाको पाँचौँ स्थानमा रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस