‘जिउँदो सहिद’ मुकेश कायस्थको निधन « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

‘जिउँदो सहिद’ मुकेश कायस्थको निधन


२८ बैशाख २०८०, बिहिबार


काठमाडौँ । ‘जिउँदो सहिद’ भनेर चिनिने काभ्रेका मुकेश कायस्थको निधन भएको छ । दोस्रो जनआन्दोलनमा घाइते भएका मुकेशको बुधबार साँझ उपचारका क्रममा निधन भएको हो ।

लामो समयदेखि मुकेश बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचाररत थिए ।

२०६२ चैत २७ गतेको आन्दोलनमा मुकेशको कञ्चटमा गोली लागेको थियो । त्यतिबेला उनी १४ वर्षका थिए । सोही दिनदेखि ओछ्यान परेका उनको ३२ वर्षको उमेरमा निधन भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस