काँग्रेस पदाधिकारी बैठक जारी « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

काँग्रेस पदाधिकारी बैठक जारी


२७ बैशाख २०८०, बुधबार


deuba

काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा जारी छ।

आज अपराह्न ५ बजेदेखि बैठक बसिरहेको छ।

केन्द्रीय सदस्यसमेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछिको अवस्था र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न सभापति देउवाले बैठक राखेका हुन्।

बैठकमा भ्रातृ संस्थाहरूबारे पनि छलफल हुने बताइएको छ।

पदाधिकारी बैठकमा सभापति, उपसभापतिहरू, महामन्त्रीहरू र सहमहामन्त्रीहरू सहभागी छन्। सहमहामन्त्री डिना उपाध्याय र बद्री पाण्डे उपत्यकाबाहिर भएकोले अनुपस्थित रहेको एक नेताले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस