विनोद चौधरी भन्छन् :‘राजस्व सङ्कलन र चुहावटमाथि गम्भीर चुनौती’ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

विनोद चौधरी भन्छन् :‘राजस्व सङ्कलन र चुहावटमाथि गम्भीर चुनौती’


२६ बैशाख २०८०, मंगलबार


काठमाडौँ । सांसद विनोद चौधरीले नेपालमा राजस्व सङ्कलन र चुहावटमाथि गम्भीर चुनौती भएको बताएका छन् ।

मङ्गलवारको प्रतिनिधिसभा बैठकमा आउँदो आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि बोल्दै सांसद चौधरीले यस्तो बताएका हुन् । उनले राजस्व सङ्कलनमा आधारभूत सिद्धान्तलाई प्रभावकारी बनाउनु पर्ने बताए ।

अन्य मुलुकको तुलनामा नेपालमा जिडिपीको अनुपातमा बढी राजस्व सङ्कलन गर्ने देशको रूपमा परिचित भएको पनि बताए ।

उनले भने, ‘नेपालमा जिडिपीको अनुपातमा राजस्व सङ्कलन करिब २० प्रतिशत पुगेको छ । जबकि भारतमा यस्तो अनुपात १२ प्रतिशत, बङ्गलादेशमा सात प्रतिशत मात्र रहेको छ । तर, दुःखका साथ भन्नुपर्छ, जिडिपीको तुलनामा सबैभन्दा उच्च अनुपातमा राजस्व उठाउने नेपालको सङ्कलन तथा चुहावट पनि त्यत्तिकै गम्भीर छ । कर प्रणालीलाई प्राविधिक रूपमा आधुनिक टेक्नोलोजी ड्रिबन बनाइ राजस्व प्रणालीलाई आधुनिक एवम् स्वः विवेकी हैन, बरु स्पष्ट घोषित आधारभूत सिद्धान्तहरू, अन्तर्राष्ट्रिय मान्यता अनुसारका व्यवस्थाहरू सक्षम बनाउन सकिन्छ भने राजस्व सङ्कलन बढाउने मात्र हैन चुहावट पनि रोक्न सकिन्छ ।’

व्यापार घाटाको बढ्दो खाडल पुर्न पनि विद्युत् निर्यात एउटा सशक्त माध्यम बन्न सक्ने उनले बताए । वस्तुको निर्यातबाट व्यापार घाटाको खाडल पुर्न असम्भव रहेको उनले बताए ।

विद्युतका उत्पादन र निर्यातका उत्कृष्ट मोडलहरू देशसामु आएको उनले बताए । विद्युत् निर्यातबाट देशको व्यापार घाटा सन्तुलनमा ल्याउन सकिने उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस