काँग्रेस पदाधिकारी बैठक बस्दै  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

काँग्रेस पदाधिकारी बैठक बस्दै 


२२ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठक आज (शुक्रबार) केही बेरमा बस्दै छ । 

बैठक सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्न लागेको हो ।

बैठकमा नेविसंघ, तरुण दल, महिला सङ्घलाई पूर्णता दिने विषयमा छलफल हुने नेताहरुले बताएका छन् । यी तीन भातृ संस्थामा हाल अध्यक्ष मात्रै छन् ।

नेविसंघ दुजाङ शेर्पा, तरुण दलमा विद्वान गुरुङ, महिला संघमा उषा मिश्र अध्यक्षमा मनोनीत भए पनि अरु पदाधिकारी र सदस्यहरू चयन भएका छैनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस