‘ए’ डिभिजन लिग : चर्च ब्वाइजले फ्रेन्ड्सलाई हरायो « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

‘ए’ डिभिजन लिग : चर्च ब्वाइजले फ्रेन्ड्सलाई हरायो


२१ बैशाख २०८०, बिहिबार


काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड क्लब विजयी भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा चर्च ब्वाइजले फ्रेन्ड्स क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

चर्च ब्वाइजको जितमा अञ्जन विष्ट र आशिष चापागाईँले समान १-१ गोल गरे । यता फ्रेन्ड्सका लागि भने बेन क्वान्साले एक गोल फर्काए ।

खेलमा पहिलो अग्रता भने फ्रेन्ड्सक्लबले लिएको थियो । खेलको १४ औँ मिनेटमा बेनले गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए तर, ८७ औँ मिनेटमा अञ्जनले पेनाल्टीमा गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए । फ्रेन्ड्सका बेनले रञ्जित पान्द्रेलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि चर्च ब्वाइजले पेनाल्टी पाएको थियो ।

त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा आशिषले गोल गर्दै चर्च ब्वाइजलाई २–१ को जित दिलाए । यस जितसँगै चर्च ब्वाइजले १४ खेलमा २४ अङ्क जोडेको छ । चर्च ब्वाइज अङ्कतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । यता फ्रेन्ड्सले १४ खेलमा १५ अङ्क जोडेको छ । फ्रेन्ड्ससातौँ स्थानमा रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस