राष्ट्रपति पौडेलले भारतमा उपचार गराउँदाको खर्च आफैँ व्यहोर्ने « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

राष्ट्रपति पौडेलले भारतमा उपचार गराउँदाको खर्च आफैँ व्यहोर्ने


१९ बैशाख २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा उपचार गराउँदाको खर्च आफैँ व्यहोर्ने भएका छन् ।

उक्त उपचारबापतको खर्च राष्ट्रपति आफैँले व्यहोर्न चाहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

निमोनियाका कारण फोक्सोमा पानी जमेपछि राष्ट्रपति पौडेललाई भारतको नयाँदिल्लीस्थित एम्स अस्पतालमा उपचार गराइएको थियो ।

गएको आइतबार नेपाल फर्किएका पौडेलको स्वास्थ्योपचार खर्च राज्यकोषबाट हुन नहुने भन्दै चौतर्फी टिप्पणी भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस