ब्ल्याकमेल गर्दै ६ वर्षदेखि बलात्कार गर्ने व्यापारी पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

ब्ल्याकमेल गर्दै ६ वर्षदेखि बलात्कार गर्ने व्यापारी पक्राउ


१७ बैशाख २०८०, आइतबार


काठमाडौँ । ब्ल्याकमेलिङ गर्दै ६ वर्षदेखि बलात्कार गरेको अभियोगमा विराटनगरका एक जना व्यवसायी पक्राउ परेका छन्।

१५ वर्षको हुँदादेखि जबरजस्ती गर्दै आएको अभियोगमा विराटनगर-६ का ३० वर्षीय मोहम्मद रिजवान अन्सारी पक्राउ परेका हुन्। पक्राउ परेका अन्सारीको विराटनगरमा चस्मा पसल छ। अहिले ती किशोरी २० वर्ष पुगेकी छन्।

पहिलो पटक बलात्कार गरेको भिडिओ खिचेको र त्यही सार्वजनिक गर्ने धम्की दिँदै निरन्तर बलात्कार गर्दै आएको खुलेको मोरङ प्रहरीले जनाएको छ। बलात्कारको सिकार बनेकी किशोरीको जबरजस्ती करणीबाट दुई पटक गर्भ पनि रहेको थियो।

‘उसले भनेको र गरेको मानेन भने भिडिओ सामाजिक सञ्जालमा हालेर भाइरल गराउने डर त्रास देखाउने गरेको थियो। करणी गरेपछि बसेको गर्भ दुई पटक पतन पनि गराएको छ,’ ती किशोरीले दिएको जाहेरीमा उल्लेख छ।

प्रहरीका अनुसार पहिलो पटक २०७४ सालमा जबरजस्ती करणी गरेको पीडित किशोरीले मोरङ प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ।

Tags :
प्रतिक्रिया दिनुहोस