स्वार्थी, फटाहा र बुद्धि नभएका मात्रै राजतन्त्रवादी : केपी ओली « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

स्वार्थी, फटाहा र बुद्धि नभएका मात्रै राजतन्त्रवादी : केपी ओली


१७ बैशाख २०८०, आइतबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वार्थी, फटाहा र बुद्धि नभएकाहरूले मात्रै राजतन्त्र मान्ने बताएका छन् ।

आइतबार पार्टी निकट अखिल नेपाल किसान महासङ्घको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले भने, ‘राजतन्त्र भनेको कि स्वार्थी फटाहाले मान्छ, कि मूर्खले मान्छ र कोही कोही अज्ञानीले पनि मान्छन् । कार्यक्रममा जाँदै गर्दा केही गुन्डा प्रवृत्ति, अराजनीतिक व्यक्तिले हमला गर्ने, पहिचानको राजनीतिक गर्ने भनेर अराजनीतिक क्रियाकलाप गर्ने, ढुंगामुढा गरे । यसको संलग्नता विभिन्नतिर देखिएको छ । ज्ञानेन्द्र शाह उनको परिवारको देखिएको छ ।’

उनले स्वार्थी तत्त्वहरू विकाउ माल भएको भन्दै उनीहरूलाई एक हप्ता दश दिनका लागि किन्न सक्ने पनि उनले बताए । उनले सत्तामा हुने पार्टीका कार्यकर्ता आफ्ना विरुद्ध हरेक ठाउँमा रुख ढाल्ने, ढुङ्गा हानेर बाटो छेक्ने उदण्डतामा लागेको भन्दै अराजकता मच्चाउँदा पनि सरकार चुप लागेको उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस