राजापुर नगरपालिकाद्वारा द्वन्द्वपीडितलाई राहत वितरण « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

राजापुर नगरपालिकाद्वारा द्वन्द्वपीडितलाई राहत वितरण


१६ बैशाख २०८०, शनिबार


नेपालगञ्ज । बर्दियाको राजापुर नगरपालिकाले स्थानीयरुपमा कार्यविधि बनाएर द्वन्द्वपीडितलाई राहत वितरण गरेको छ । राजापुरका प्रमुख दिपेश थारुले आर्थिक वर्ष २०७९/८० देखि बेपत्ता भएका १७ परिवारका पीडितलाई मासिक रु दुई हजार भत्ता वितरण गरेको जानकारी दिए ।

‘परिवर्तनको आन्दोलनमा योगदान गरेका बेपत्ता परिवारलाई थोरै भए पनि यसले राहत दिएको छ’, उनले भने । प्रमुख चौधरीले राज्यबाट अर्को व्यवस्था नहुञ्जेल निरन्तर भत्ता वितरण हुने उल्लेख गर्दै यसलाई प्रभावकारी बनाउन योजना निर्माण र बजेटको प्रबन्ध गरिने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस