एमाले सांसद कोइरीबारे अर्को अधिवेशनमा निर्णय गरिने  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एमाले सांसद कोइरीबारे अर्को अधिवेशनमा निर्णय गरिने 


१५ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीबारे प्रतिनिधि सभाको अर्को अधिवेशनले निर्णय गर्ने भएको छ ।

कोइरीले आफू अस्वस्थ भन्दै इमेल गरेपछि बिदा स्वीकृतिको प्रस्ताव पेस भएको थियो । तर सत्तारुढ सांसदहरुले फरार सांसदलाई बिरामी भनेर बिदा स्वीकृत गर्न नसक्ने अडान लिए । यही विषयले संसद बैठक रोकेर लामो छलफल भयो ।

राति १० बजे सुरु भएको बैठकमा सभामुख देवराज घिमिरेले कोइरीबारे सभामा विभिन्न विषय उठेकाले यसबारे प्रतिनिधिसभाको आगामी अधिवेशनमा कानुन बमोजिम हुने जानकारी गराएका छन् । अरु चार सांसदको बिदा स्वीकृत भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस