१८ गते विश्वासको मत लिने मुख्यमन्त्री चौधरीको तयारी  « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

१८ गते विश्वासको मत लिने मुख्यमन्त्री चौधरीको तयारी 


१५ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले वैशाख १८ गते सोमबार विश्वासको मत लिने तयारी गरेका छन् । 

शुक्रबार पद तथा गोपनीयताको शपथसँगै पदभार ग्रहणपछि बसेको मन्त्रिपरिषद्को बैठकले सोमवार विश्वासको मत लिने निर्णय गरेको हो । सरकारलाई छिटो पूर्णता दिनेगरी विश्वासको मत छिट्टै लिन लागेको मन्त्री सन्तोषकुमार पाण्डेले जानकारी दिए ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभा मुख्यमन्त्री चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३-३ जना, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एक-एकजना र स्वतन्त्र एक सांसद गरी ५३ जना सांसदको समर्थन छ ।

बिहिवारमात्रै ५३ जना सांसदको समर्थनमा कांग्रेसका चौधरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस