काठमाडौँ महानगरद्वारा कुनै पनि ठाउँमा बाह्य विज्ञापन गर्न रोक « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

काठमाडौँ महानगरद्वारा कुनै पनि ठाउँमा बाह्य विज्ञापन गर्न रोक


१५ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नगरभित्र कुनै पनि ठाउँमा बाह्य विज्ञापन गर्न रोक लगाएको छ । ‘काठमाडौँ महानगरपालिका बाह्य विज्ञापन नियमन निर्देशिका-२०७९’ मा यस सम्बन्धी व्यवस्था रहको स्मरण गराउँदै महानगरपालिकाले  विज्ञापन नगर्न सचेत गराएको हो । 

सर्वसाधारणको सुरक्षा, सहरी सुन्दरता, सडक पेटी वा सार्वजनिक प्रयोगका संरचना, विद्युत् तथा टेलिफोनका खम्बा, सवारी आवागमनमा असर हुने कुनै पनि ठाउँमा बाह्य विज्ञापन गर्न  रोक लगाइएको महानगरले जनाएको छ । 

प्रचलित कानुन तथा निर्देशिकाको प्रतिकुल हुने विज्ञापन सामग्रीलाई न्यायिक समितिले १ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था निर्देशिकाले गरेको छ । महानगर क्षेत्रभित्र विज्ञापन गर्ने प्रयोजनका लागि कुनै पनि स्थानमा द्वार तथा स्टल निर्माण गर्ने, स्टिकर टाँस्ने, वाल पेन्टिङ, पोष्टरिङ्, पम्प्लेटिङ्, पर्चा वितरण, ब्यानर टाँस्ने माध्यमलाई अनुमति नदिइने महानगरपालिकाले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस