विष्णु पौडेल अर्थमन्त्री हुँदा नै लडाकुलाई पैसा दिने व्यवस्था गरिएको हो : माधव सापकोटा  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

विष्णु पौडेल अर्थमन्त्री हुँदा नै लडाकुलाई पैसा दिने व्यवस्था गरिएको हो : माधव सापकोटा 


१५ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले नेकपा एमालेका नेता विष्णु पौडेल अर्थमन्त्री हुँदा नै बजेट वक्तव्यमा लडाकुलाई पैसा दिने व्यवस्था गरिएको बताएका छन्।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सापकोटाले यस्तो बताएका हुन् । 

आर्थिक वर्ष २०७३-०७४ को बजेटमा लडाकुलाई पैसा दिनेसम्बन्धी व्यवस्था गरिएको दाबी गरे । 

‘व्यवस्थापिका संसद्को बैठक २०७३ साल जेठ १५ गते शनिबार अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७३-०७४ को बजेट वक्तव्यमा व्यवस्था गरिएको थियो। त्यो बजेटको १९ नम्बर बुँदामा, द्वन्द्वकालका अयोग्य लडाकुहरू र स्वेच्छिक अवकाशमा गएका लडाकुमध्ये राहत लिन बाँकीलाई रु. २ लाख उपलब्ध गराउन बजेटको व्यवस्था गरेको छु,’ उनले भने।

सत्यतथ्य खोजबिन नगरी आरोपका भरमा कसैलाई दोषारोपण नगर्न पनि उनले आग्रह गरे। अदालतले कार्यविधि बनाएर मात्रै रकम बाँड्न भनेकोले कार्यविधि बनाइएको उनको दाबी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस