खस्कियो काठमाडौँ महानगरको खर्च गर्ने क्षमता « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

खस्कियो काठमाडौँ महानगरको खर्च गर्ने क्षमता


१४ बैशाख २०८०, बिहिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको खर्चको दर खस्किएको छ । 

चालु आर्थिक वर्ष २०७९-०८०मा महानगरपालिकाको खर्चको दर गत वर्षभन्दा खस्किएको हो ।

२५ अर्ब ४१ करोड ९६ लाख रुपैयाँको बजेट ल्याएको महानगरपालिकाले खर्च हुन नसक्ने देखेपछि २२ अर्ब ५३ करोड ३३ लाख रुपैयाँ खर्च हुने संशोधित अनुमान गरेको छ ।

संशोधित अनुमानअनुसार साउन यता ९ महिनाको कुल खर्च जम्मा २४ दशमलव १४ प्रतिशत मात्रै भएको छ । महानगरपालिकाले सार्वजनिक गरेको प्रगति विवरणअनुसार चैतसम्ममा ५ अर्ब ४४ करोड ५ लाख रुपैयाँ मात्रै खर्च गर्न भएको छ । महानगरपालिकाले अझै १७ अर्ब ९ करोड २८ लाख रुपैयाँ खर्च गर्न बाँकी छ ।

गत आर्थिक वर्ष २०७८/०७९को पहिलो ९ महिनामा  महानगरले ३० दशमलव ३४ प्रतिशत खर्च गरिसकेको थियो । तत्कालीन मेयर विद्यासुन्दर शाक्यको अन्तिम बजेट रूपमा आएको १८ अर्ब १५ करोड ७७ लाख रुपैयाँको बजेट ल्याएका थिए ।

पछि उनले संशोधन गराएर १६ अर्ब ५१ करोड ६८ लाख रुपैयाँमा झारेका थिए । गत वर्ष चैत मसान्तसम्म ५ अर्ब १ करोड १३ लाख रुपैयाँ खर्च भएको थियो ।

४३ करोड रुपैयाँको खर्च रकम भने केही बढेपनि चालु आवको बजेटको तुलनामा ९ महिनामा महानगरको खर्चदर ६ प्रतिशतले कम छ ।

Tags :
प्रतिक्रिया दिनुहोस