पोर्चुगल पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गर्ने पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पोर्चुगल पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गर्ने पक्राउ


१४ बैशाख २०८०, बिहिबार


काठमाडौँ ।  पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कैलालीको टिकापुर नगरपालिका-१ घर भई ललितपुर महालक्ष्मी नगरपालिका टिकाथली बस्ने ४० वर्षीय कृतकबहादुर साउँद, गोरखाको घ्यालचोक गाउँपालिका-८ घर भई ललितपुरको गोदावरी नगरपालिका-१४, ठैब बस्ने ५१ वर्षीय दुर्गाबहादुर रेग्मी र सोही ठाउँ बस्ने ४५ वर्षीया कमला रेग्मी रहेका छन् ।

कृतक बहादुरले वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाई प्रतिष्ठित कम्पनीमा दुई लाख रूपैयाँ भन्दा बढी तलब हुने काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी

पीडितबाट पटक-पटक गरी जम्मा १३ लाख ९२ हजार रुपैयाँ ठगी गरेकोले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौँको महानगरपालिका-९ सिनामंगलबाट पक्राउ गरेको हो ।

यसैगरी दुर्गाबहादुर र कमलाले पोर्चुगल पठाई प्रतिष्ठित होटलमा दुई लाख रूपैयाँ भन्दा बढी तलब हुने काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक-पटक गरी जम्मा २१ लाख रुपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई ललितपुर गोदावारी ठैबबाट पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँमा पठाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस