मैथली भाषामा पाठ्यपुस्तक तयार « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मैथली भाषामा पाठ्यपुस्तक तयार


१४ बैशाख २०८०, बिहिबार


काठमाडौँ । स्थानीयस्तरको विषयवस्तुलाई समेटेर मैथली भाषामा पाठ्यपुस्तक निर्माण गरिएको छ । मैथली भाषामा पाठ्यपुस्तक निर्माण गरेको सप्तरीको बोदे बर्साइन नगरपालिकाले शिक्षक निर्देशिका भने नेपाली भाषामा तयार गरेको छ ।

नगर शिक्षा शाखाको अनुसार पालिकाभित्रका विभिन्न विषय वस्तुलाई विद्यालयमा अध्यापन गराउन स्थानीय तहले पाठ्यक्रम तयार गरेर सोहीअनुसार पाठ्यपुस्तक विद्यालयमा पठनपाठन गराउने तथा तयार पारिएको आधारभूत तहको स्थानीय पाठ्यक्रम स्वीकृतको क्रममा रहेको छ ।

एकीकृत पाठ्यक्रममा आधारित कक्षा १ देखि ८ सम्मका पाठ्यक्रम निर्माण गरिएको छ । कक्षा १ देखि ३ सम्म एकीकृत ढाँचामा तयार गरिएको पाठ्यपुस्तक निर्माण गरेर शैक्षिक सत्र २०८० मा परीक्षणका रूपमा कक्षा १ मा मात्र लागू हुने नगरपालिकाले जनाएको छ ।  

Tags :
प्रतिक्रिया दिनुहोस