‘हिमालय लोकस्टार’को उपाधि विश्वकर्मालाई « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

‘हिमालय लोकस्टार’को उपाधि विश्वकर्मालाई


१४ बैशाख २०८०, बिहिबार


काठमाडौँ । नेपाली गायन रियालिटी शो ‘हिमालय लोकस्टार’ को दोस्रो शृङ्खलाको विजेता बलराम विश्वकर्मा बनेका छन् । बुधबार सम्पन्न अन्तिम प्रतिस्पर्धामा विजेता विश्वकर्मासँगै सन्तोष क्षेत्री, विकास परियार, किरण बिसी, राजेन्द्र घर्ती मगर र पीएन साइँला थिए । विजेता बनेसँगै लोकस्टार विश्वकर्माले रु १५ लाखसहित अन्य पुरस्कार प्राप्त गरेका छन् ।

‘मैले यो सपनाको कल्पना गरेको थिइन् । हामीजस्ता प्रतिभालाई मञ्च दिए । यसलाई हामीले सदुपयोग गरेका हौँ’, उनले भने । विजेता विश्वकर्मालाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालले ट्रफीसहित पुरस्कार प्रदान गरे । प्रतियोगितामा साइँला फस्ट रनरअपअर्थात् उपविजेता घोषित भए । उनले रु तीन लाख नगदसहित पुरस्कार गरे । यस्तै क्षेत्री सेकेन्ड रनरअपअर्थात् तेस्रो घोषित हुँदै रु दुई लाखसहित अन्य पुरस्कार प्राप्त गरे ।

भोटका आधारमा विजेता चयन भएको लोकस्टारमा महागुरुको रूपमा कुमार बस्नेत र गुरुको रूपमा राजु परियार, रामजी खाँण र कुलेन्द्र विश्वकर्मा रहेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस