विभागद्वारा म्यानपावरको अनुगमनमा तीव्रता, तीन टोली परिचालन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

विभागद्वारा म्यानपावरको अनुगमनमा तीव्रता, तीन टोली परिचालन


१३ बैशाख २०८०, बुधबार


काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा हुने ठगी रोक्न अनुगमन तीव्रता दिएको छ । ३ जना निर्देशकको नेतृत्वमा छुट्टा छुट्टै अनुगमन टोली बनाएर विभागले अनुगमन सुरु गरेको हो ।

श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले विदेश जाने श्रमिकमाथि हुने ठगी र म्यानपावर व्यवसायका नाममा मौलाएको अनधिकृत काम कामकारबाही नियन्त्रण गर्न निर्देशन दिएपछि विभागले अनुगमन बढाएको बताएको छ ।

विदेशमा रोजगारीका लागि जाने श्रमिकमाथि हुने ठगी र अन्यायपूर्ण क्रियाकलाप नियन्त्रण गर्न अनुगमन बढाइएको विभागले जनाएको छ । 

सरकारले वैदेशिक रोजगारीको ठगी रोक्न भन्दै मलेसियासहित ६ वटा खाडी मुलुक जाने कामदारका लागि फ्रि भिसा र फ्रि टिकटको व्यवस्था लागु गर्ने निर्णय भएकै ८ वर्ष भइसकेको छ । व्यवसायीले कामदारबाट मोटो रकम उठाएर १० हजार (तोकिएको सेवा शुल्क) को बिल थमाइदिने गरेका छन् । विगतमा खाडी र मलेसिया जाने युवाले कम्तीमा साढे १ लाख तिर्थे, तर अहिले त्यो ‘रेट’ साढे २ लाख नाघेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस