सागर घिसिङलाई कारबाही गर्न मधेसी आयोगको निर्देशन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सागर घिसिङलाई कारबाही गर्न मधेसी आयोगको निर्देशन


१३ बैशाख २०८०, बुधबार


काठमाडौँ । मधेसी आयोगले मधेसी समुदायलाई लक्षित गरेर अपमानजनक शब्दहरू प्रयोग गरी सामाजिक सद्भावमा खलल पुर्‍याएको भन्दै सागर घिसिङमाथि कडा कारवाहीको प्रक्रिया अगाडी बढाएको छ । 

सामाजिक सञ्जालमा टिकटक मार्फत घिसिङको भिडियो सार्वजनिक भएपछि विभिन्न सङ्घ-संस्थाका प्रतिनिधिहरूले आयोगका अध्यक्ष डा.विजयकुमार दत्तलाई गम्भीर ध्यानाकर्षण गराएका थिए । 

सो भिडियो मार्फत घिसिङले मधेसी समुदाय भिख मागेर खाने, अश्लील भोजपुरी गीत मात्र सुन्ने, कागज फलाम जम्मा गर्ने, कहिले नसुधरिने जस्ता अपमानजनक शब्दहरू प्रयोग गरेर सम्पूर्ण मधेसी समुदायको भावना माथि ठोस पुर्‍याएको आयोगको ठहर छ  ।

आयोगले कारबाही प्रक्रिया अगाडी बढाउँदै समुदायको भावना माथि ठोस पुर्‍याउने व्यक्तिलाई तत्काल कानुनी कारवाहीको दायरामा ल्याउन प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको छ ।  

Tags :
प्रतिक्रिया दिनुहोस