ओली सहभागी कार्यक्रममा ढुंगामुढा गर्ने प्रहरीले नियन्त्रणमा  « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

ओली सहभागी कार्यक्रममा ढुंगामुढा गर्ने प्रहरीले नियन्त्रणमा 


१३ बैशाख २०८०, बुधबार


काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रममा ढुंगामुढा गर्नेलाई पक्राउ गरिएको बताएका छन् ।

उपप्रधानमन्त्रीसमेत रहेका  श्रेष्ठले बुधबार झापामा ओली सहभागी कार्यक्रममा कालोझण्डा प्रदर्शन र ढुंगामुढा प्रहार गर्ने एक जना पक्राउ गरेको बताएका हुन् । 

उपप्रधानमन्त्री श्रेष्ठले कोशी नामकरणको विरोध गर्ने समूहले कालोझण्डा प्रदर्शन र ढुंगामुढा गर्ने प्रयास भएको र ढुंगामुढा प्रहारमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको गृह मन्त्रीको भनाई छ । 

घटनाप्रति सरकारको तर्फबाट दुख व्यक्त गर्दै श्रेष्ठले यस क्रममा दुई जना प्रहरीहरू घाइते भएको पनि बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस