उपनिर्वाचनको मत परिणामले काँग्रेस सच्चिनु पर्ने देखियो : मीनेन्द्र रिजाल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

उपनिर्वाचनको मत परिणामले काँग्रेस सच्चिनु पर्ने देखियो : मीनेन्द्र रिजाल


१३ बैशाख २०८०, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. मीनेन्द्र रिजालले काँग्रेस सच्चिनुपर्ने बताएका छन् ।

उनले सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै वैशाख १० को उपनिर्वाचन परिणामले काँग्रेसको चरित्र र गतिशीलता पुनर्स्थापित गर्नुपर्ने अपरिहार्य सन्देश दिएको बताए।

उपनिर्वाचन भएका तीन क्षेत्रमध्ये तनहुँ १ र चितवन २ मा पार्टीबाट काँग्रेसले उम्मेदवार उठाए पनि पराजित भएका छन् । बारा २ मा सत्ता गठबन्धनबाट साझा उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादव निर्वाचित भए।

मंसिरमा जितेको तनहुँ १ पनि वैशाखको उपचुनावमा काँग्रेसले एक सिट गुमाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस