शैक्षिक सत्रको सुरुमै पहिलो पटक ७७ जिल्लामा पुगे पाठ्यपुस्तक « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

शैक्षिक सत्रको सुरुमै पहिलो पटक ७७ जिल्लामा पुगे पाठ्यपुस्तक


१३ बैशाख २०८०, बुधबार


काठमाडौँ । देशभर ७७ जिल्लामा पुस्तक पुगेको छ ।

नयाँ शैक्षिक सत्रको सुरुमै देशभर पाठ्यपुस्तक पुगिसकेको हो ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका अनुसार मङ्गलवारसम्म देशभरका सबै जिल्लामा पुस्तक पुगिसकेको छ।

अब ५ लाख थान पुस्तक जाने अनुमान गरिएको भएपनि १ करोड ३५ लाख थान पुस्तक भने जिल्लामा पुगिसकेको छ। चालु शैक्षिक सत्रका लागि १ करोड ५० लाख थान पुस्तक छापिएको थियो।

शैक्षिक सत्र सुरु हुनुभन्दा अघि नै जिल्लामा पुस्तक पुगेको यो पहिलो पटक हो।

Tags :
प्रतिक्रिया दिनुहोस