रास्वपा विद्रोही पार्टी होइन, स्वागत गर्नुपर्छ : योगेश भट्टराई « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

रास्वपा विद्रोही पार्टी होइन, स्वागत गर्नुपर्छ : योगेश भट्टराई


१२ बैशाख २०८०, मंगलबार


काठमाडौँ । नेकपा (एमाले)का सांसद योगेश भट्टराईले उपनिर्वाचनमा जनताले दिएको मतलाई सम्मान गर्नुपर्ने बताएका छन् । 

मंगलबार संघीय संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कुनै विद्रोही पार्टी नभई संवैधानिक व्यवस्था मानेर गठन भएको पार्टी भएकाले विद्रोही पार्टीले जित्यो भन्ने परिभाषा गलत हुने बताए । 

उनले संविधान र व्यवस्था मानेर कुनै दल आउँछ भने निषेध नभई स्वागत गर्नुपर्ने बताए ।

भट्टराईले कुनै पनि दलको परिणामले अर्को दललाई सकारात्मक प्रभाव पार्ने भएकाले ठूला दलका सन्दर्भमा रूपान्तरण हुनुपर्छ भन्ने आवाजलाई सशक्त बनाउने अर्थमा लिनुपर्ने पनि बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस