सीटीईभीटीका शिक्षालय अब प्रदेश स्तरमा समेत विस्तार हुने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सीटीईभीटीका शिक्षालय अब प्रदेश स्तरमा समेत विस्तार हुने


१२ बैशाख २०८०, मंगलबार


काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का शिक्षालयहरू अब प्रदेश स्तरमा समेत विस्तार हुने भएका छन् ।

राष्ट्रिय विकास समस्या समाधान समितिको ५० औँ बैठकले सीटीईभीटीका प्राविधिक शिक्षालयहरूलाई प्रदेश सरकारबाट सञ्चालन गर्ने गरी हस्तान्तरण गर्ने निर्णय गरेको हो । यसका लागि आवश्यक कानुन संशोधनको प्रक्रिया अगाडि बढाउन समितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई जिम्मेवारी दिएको छ ।

मन्त्रालयले दुई महिना भित्र यो काम सकाउनु पर्ने भएको छ । समितिका अनुसार परिषद्को पुनर्संरचना नहुँदा सङ्घ र प्रदेशको कार्य क्षेत्रमा अन्योल भएको भन्दै सरकारले स्वीकृत गरेको सङ्घ, प्रदेश र स्थानीय तहको कार्यविस्तृतीकरण प्रतिवेदनका आधारमा परिषद्का शिक्षालय प्रदेश स्तरमा हस्तान्तरण गर्न लागिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस