उपनिर्वाचनको परिणामले काँग्रेस सच्चिनुपर्ने देखियो : शेखर कोइराला  « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

उपनिर्वाचनको परिणामले काँग्रेस सच्चिनुपर्ने देखियो : शेखर कोइराला 


१२ बैशाख २०८०, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले अव काँग्रेस सच्चिनुपर्ने अवस्था आएको बताएका छन् । 

विराटनगर विमानस्थलमा मङ्गलवार पत्रकारहरूसँग कुरा गर्दै नेता कोइरालाले प्रतिनिधि सभाको उपनिर्वाचनको परिणामले काँग्रेसलाई सच्चिएर अघि बढ्न सन्देश दिएको बताएका हुन् । 

अब युवाहरूलाई अवसर दिँदै जिल्लादेखि स्थानीय तह, वडा र टोलसम्म सङ्गठन बिस्तार गर्नुपर्ने नेता कोइरालाले बताए । 

नेता कोइरालाले उपनिर्वाचनको मत परिणामलाई लिएर पार्टीभित्र निर्मम समीक्षा हुने र हारको दोष एक जनामाथि थोपरेर अरु उम्किने अवस्था नरहेको स्पष्ट गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस