अब स्मार्ट लाइसेन्स हरेक १० वर्षमा नवीकरण गरे पुग्ने  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अब स्मार्ट लाइसेन्स हरेक १० वर्षमा नवीकरण गरे पुग्ने 


१२ बैशाख २०८०, मंगलबार


काठमाडौँ । पाँच-पाँच वर्षमा गर्नुपर्ने लाइसेन्स नवीकरण अब हरेक १० वर्षमा गरे पुग्ने व्यवस्था लागु गर्ने तयारी गरिएको छ । 

मङ्गलवार मन्त्रालयमा पूर्वाधार पत्रकार समूहसँगको भेटमा भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले यस्तो व्यवस्था लागु गर्ने तयारीमा सरकार रहेको बताएका हुन् । 

स्मार्ट लाइसेन्स पाँच-पाँच वर्षमा गर्नुपर्ने नवीकरण अब हरेक १० वर्षमा गरे पुग्ने बताउँदै मन्त्री ज्वालाले सरकारको स्मार्ट लाइसेन्स वितरणलाई सहज र सरल बनाउने काम प्रमुख प्राथमिकतामा रहेको दाबी गरे । 

उनले सवारी साधनमा इम्बोस्ड नम्बरका विषयमा अङ्ग्रेजीमा मात्रै प्रिन्ट भएकोमा केही आलोचना र गुनासो आएको भन्दै मन्त्रिपरिषदबाट निर्णय गरेर अंग्रेजी, नेपाली र नेपाली–अंग्रेजी दुवै प्रयोग गर्न पाउने व्यवस्था गरेकोसमेत बर्ताका छन् ।  

Tags :
प्रतिक्रिया दिनुहोस