सात कम्पनीले दिए कमोडिटी एक्सचेञ्ज र स्टक एक्सचेञ्जमा आवेदन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सात कम्पनीले दिए कमोडिटी एक्सचेञ्ज र स्टक एक्सचेञ्जमा आवेदन


१२ बैशाख २०८०, मंगलबार


काठमाडौँ । नयाँ स्टक एक्सचेन्ज र वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालनका लागि सात कम्पनीको आवेदन परेको छ।

यही वैशाख १० गतेसम्मका लागि समयसीमा तोकिएकामा सात कम्पनीको आवेदन दर्ता भएको नेपाल धितोपत्र बोर्डले जनाएको छ।

‘धितोपत्र बजार सञ्चालनका लागि सङ्गठित संस्था स्थापना गर्न सिफारिसका लागि तथा वस्तु विनिमय बजार सञ्चालन गर्न कम्पनी स्थापना गर्नु पूर्व स्वीकृतिका लागि निवेदन माग गरिएको थियो,’ बोर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

बोर्डका अनुसार कमोडिटिज एक्सचेञ्जतर्फ मल्टी डेरिभेटिभ एक्सचेञ्ज लिमिटेड, मल्टी एसेट्स एन्ड डेरिभेटिभ एक्सचेञ्ज लिमिटेड, हिमालयन कमोडिटिज एण्ड डेरिभेटिभ एक्सचेञ्ज लिमिटेड र नेपाल मल्टी कमोडिटिज एक्सचेञ्ज लिमिटेडको आवेदन परेको छ। त्यस्तै स्टक एक्सचेञ्जतर्फ हिमालयन स्टक एक्सचेञ्ज, नेशनल स्टक एक्सचेञ्ज अफ नेपाल र अन्नपूर्ण स्टक एक्सचेञ्ज लिमिटेडको आवेदन परेको बोर्डले जनाएको छ ।

सर्वोच्च अदालतको गत वर्ष चैत २६ गतेको फैसलाले नयाँ स्टक कम्पनी, कमोडिटी मार्केट र धितोपत्र कारोबारका लागि नयाँ दलाल व्यवसायी (ब्रोकर) लाइसेन्स जारी गर्न बाटो खुलेको थियो। 

नि ‘धितोपत्र बजारलाई देशव्यापी बनाउन वित्तीय रूपले सबल नयाँ धितोपत्र दलाल व्यवसायीको संख्या थप गरिने उल्लेख छ।

Tags :
प्रतिक्रिया दिनुहोस