शिक्षकहरूलाई तोकिएको तलब दिन माग « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

शिक्षकहरूलाई तोकिएको तलब दिन माग


११ बैशाख २०८०, सोमबार


काठमाडौँ । संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु)ले निजी लगानीका विद्यालयहरूमा कार्यरत सबै शिक्षकहरूलाई सरकारले तोके अनुसारको तलब, सेवा सुविधा प्रदान गर्न माग गरेको छ।

सोमबार इष्टुले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो।

निजी लगानीका विद्यालयहरूमा शिक्षक नियुक्ति तथा बर्खास्त निश्चित साझा मापदण्ड बनाएर मात्र गर्न माग इष्टुले गरेको छ।

‘शिक्षक कर्मचारीहरूलाई सेवामा प्रवेश गरेको मितिदेखि नै नियुक्तिपत्र प्रदान गर्ने व्यवस्था गरियोस्,शिक्षक कर्मचारीहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा अनिवार्य सूचीकृत गराइयोस्,’ज्ञापन पत्रमा भनिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस