लुम्बिनीका मुख्यमन्त्री गिरीले पाएनन् विश्वासको मत « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

लुम्बिनीका मुख्यमन्त्री गिरीले पाएनन् विश्वासको मत


११ बैशाख २०८०, सोमबार


दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरी पदमुक्त भएका छन् ।

सोमवार बिहान ११ बजे बसेको प्रदेश सभा बैठकमा एमालेका मुख्यमन्त्री गिरीले मागेको विश्वासको प्रस्तावको पक्षमा ३३ मत मात्र खस्यो ।

उनको पद कायम रहन ८७ सदस्यीय प्रदेशसभामा ४४ सांसदको समर्थन आवश्यक थियो । तर उनले एमालेका २९ र राप्रपाका ४ प्रदेशसभा सदस्यको मत मात्र पाए ।

मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा ५३ मत खसेको छ । एक जना स्वतन्त्र सांसद, काँग्रेस, माओवादी लगायतका सत्ता गठबन्धनका दलले विपक्षमा मत दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस