मतपेटिका सङ्कलन सुरु, राति ११ बजेभित्र मतगणनास्थल पुर्‍याइने « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

मतपेटिका सङ्कलन सुरु, राति ११ बजेभित्र मतगणनास्थल पुर्‍याइने


१० बैशाख २०८०, आइतबार


काठमाडौँ । तीन वटा क्षेत्रमा आज भएको उपनिर्वाचनको मतपेटिकाको ढुवानी सुरु भएको छ। 

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आज बेलुकी ११ बजेभित्र तीन वटै क्षेत्रका मतपेटिकाहरू मतगणनास्थलमा पुर्‍याउने तयारी छ।

बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १मा उपनिर्वाचन सम्पन्न भएको हो। यी क्षेत्र समग्रमा करिब ६० प्रतिशत मतदान भएको आयोगले जनाएको छ। 

बारामा ६४ प्रतिशत, चितवनमा ६३ र तनहुँमा ५३ प्रतिशत मतदान भएको छ। गत मंसिर ४ गते भएको निर्वाचनमा बारामा ६३.५४ प्रतिशत, चितवनमा ६७.६३ प्रतिशत र तनहुँमा ५४.०३ प्रतिशत मत खसेको थियो। 

तीन वटा क्षेत्रमा ३ लाख ५३ हजार २४७ मतदाता छन्। 

मतदान सकिएपछि बारामा रहेको मतगणनास्थल शिक्षा तालिम केन्द्र कलैयामा साँझ ८ बजेभित्र, चितवनमा उद्योग वाणिज्य सङ्घको हल, भरतपुरमा राति १० बजेभित्र र तनहुँमा जिल्ला समन्वय समिति परिसर दमौलीमा राति ११ बजेभित्र ढुवानी भइसक्ने आयोगले जनाएको छ।  

Tags :
प्रतिक्रिया दिनुहोस