उपनिर्वाचनमा मतदान गर्ने समय सकियो, मत कम खसेको अनुमान  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

उपनिर्वाचनमा मतदान गर्ने समय सकियो, मत कम खसेको अनुमान 


१० बैशाख २०८०, आइतबार


काठमाडौँ । उपनिर्वाचनको समय सकिएको छ। तीन वटा क्षेत्रमा भएको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको समय सकिएको हो । 

बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १मा उपनिर्वाचन भएको हो। 

यो उपनिर्वाचनमा गत मंसिरमा भएको निर्वाचनको भन्दा कम मत खसेको निर्वाचन आयोगले जनाएको छ। यद्यपि कति कम खसेको हो भन्ने विवरण आउन बाँकी छ। 

तनहुँ-१ मा पनि केही कम मत खसेको छ। यहाँ मंसिरमा ५३ प्रतिशत खसेको थियो भने अहिले ५१ प्रतिशत खसेको निर्वाचन आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए। 

बारा-२ मा पनि साढे ४ बजेसम्मको विवरणअनुसार ५६ प्रतिशत मत खसेको छ। यो संख्या ६० प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ। 

यस्तै चितवन-२ मा भने मतदान जारी नै रहेको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिए। 

गत मंसिरमा भने ७२ प्रतिशत मत खसेकोमा उपनिर्वाचनमा साढे ४ बजेसम्म अन्दाजी ५५ प्रतिशत मत खसेको उनले बताए।  

Tags :
प्रतिक्रिया दिनुहोस