रास्वपाका कार्यकर्ताले नाराबाजी गरेपछि मतदान स्थगित « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

रास्वपाका कार्यकर्ताले नाराबाजी गरेपछि मतदान स्थगित


१० बैशाख २०८०, आइतबार


काठमाडौँ । चितवन क्षेत्र नं २ को उपनिर्वाचनका क्रममा भरतपुर महानगरपालिका-११ नयाँकिरण माविमा मतदान स्थगित भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने आउने क्रममा नाराबाजी गरेको भन्दै अन्य दलका नेता कार्यकर्ताले विरोध जनाएसँगै मतदान स्थगित भएको हो।

यस स्थलमा सात केन्द्रबाट मतदान भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अधिकृतको कार्यालयका अनुसार अहिले मतदानस्थलमा छलफल जारी छ।

नाराबाजी गरेपछि अन्य दलका प्रतिनिधिले आचारसंहिता कार्यान्वयन नभएको आरोप लगाएका छन्।

सर्वदलीय बैठक बसेर मतदान प्रक्रिया सुरु गर्ने तयारी भइरहेको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस