विद्युतीय सवारी साधनको आयात ६६ प्रतिशतले वृद्धि « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

विद्युतीय सवारी साधनको आयात ६६ प्रतिशतले वृद्धि


१० बैशाख २०८०, आइतबार


काठमाडौँ । विद्युतीय सवारी साधनको आयात बढेको छ । चालु आर्थिक वर्षको नौ महिनामा ६६ प्रतिशतले आयात वृद्धि भएको हो ।

गत आवको सोही अवधिमा १ हजार ४ सय ७३ वटा विद्युतीय सवारी आयात भएकोमा गत साउनदेखि चैतसम्म २ हजार ४ सय ५१ वटा विद्युतीय सवारी साधन आयात भएका छन् ।

चैतमा मात्रै २ सय ५३ वटा विद्युतीय सवारी नेपाल भित्रिएका छन् भने गत आवको सोही अवधिमा एक सय १६ वटा मात्र विद्युतीय सवारी साधन आयात भएको थियो । विभागका अनुसार समीक्षा अवधिमा सबैभन्दा धेरै भारतबाट आयात भएका छन् । उक्त अवधिमा भारतबाट एक सय किलोवाट क्षमताका एक हजार सात सय ५५ वटा विद्युतीय सवारी आयात भएका छन् ।

भारतपछि सबैभन्दा धेरै विद्युतीय गाडीहरू चीनबाट नेपाल भित्रिएका छन् ।

चालु आर्थिक वर्षको नौ महिनामा करिब ७अर्ब बराबरका विद्युतीय सवारी साधन नेपाल भित्रिएका छन् । भन्सार विभागका अनुसार चैत मसान्तसम्म २ हजार ४५१ वटा विद्युतीय सवारी आयातमा ६ अर्ब ८५ करोड ७९ लाख बाहिरिएको छ । विद्युतीय सवारी आयातबाट सरकारले १ अर्ब ९३ करोड १३ लाख ५९ लाख राजश्व सङ्कलन गरेको छ । गत आवको सोही अवधिमा ४ अर्ब २९ करोड ६६ लाख ३१ हजार बराबरको विद्युतीय गाडी आयात भएको थियो । उक्त आयातबाट १ अर्ब १६ करोड ५५ लाख २० हजार राजस्व सङ्कलन भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस