मतदान केन्द्रमा होहल्ला गर्ने ४ जना पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मतदान केन्द्रमा होहल्ला गर्ने ४ जना पक्राउ


१० बैशाख २०८०, आइतबार


बारा । बारामा मतदान केन्द्रमा होहल्ला गरेको भन्दै ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बाराको देवताल गाउँपालिका वडा नं. २ कल्याणपुर मतदान केन्द्रमा होहल्ला गर्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

मतदानको क्रममा विवाद भएको र स्थिति नियन्त्रणमा लिने क्रममा चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

बाराको कल्याणपुर मतदान केन्द्र लगायत सबै मतदान स्थानमा सामान्य रूपमा मतदान भने जारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस