मेघगर्जन र चट्याङगसहित वर्षाको सम्भावना « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

मेघगर्जन र चट्याङगसहित वर्षाको सम्भावना


९ बैशाख २०८०, शनिबार


काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । जसका कारण देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा छ ।

रातिको समयमा कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पहाडी भू-भागका एक(दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का÷क्षणिक वर्षाको सम्भावना छ ।

भोलि आइतबार देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का तथा क्षणिक वर्षाको सम्भावना छ । तराईका थोरै स्थानमा हुरीको सम्भावना छ ।

आज काठमाडौँको अधिकतम तापक्रम ३० र न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस रह्यो । पछिल्लो २४ घण्टामा धरानमा १६ दशमलव सात, ताप्लेजुङमा १५ र धनकुटामा ११ मिलिमिटर वर्षा मापन गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस