माओवादी मिल्दै छन्, ज्यान दिन हामी तयार छौँ : विप्लव  « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

माओवादी मिल्दै छन्, ज्यान दिन हामी तयार छौँ : विप्लव 


९ बैशाख २०८०, शनिबार


काठमाडौँ  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादी फेरि मिल्न लागेको दाबी गरेका छन्। कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा खुल्लामञ्चमा आयोजित कार्यक्रममा विप्लवले यस्तो बताएका हुन् । 

कुनै पनि माओवादी चिन्तित हुन नपर्ने भन्दै उनले उनले आफ्नो पार्टी सबै खालका सङ्घर्षका लागि तयार भएको बताए। उनले केही मान्छेहरू सडकमा आए पनि त्यसको कुनै अर्थ नभएको बताए।

उनले माओवादीले महललाई झुपडी र झुपडीलाई महल बनाउन सक्ने पनि बताए।

उनले अहिले पैसा लुकाएर आर्थिक सङ्कट आएको टिप्पणी गरे। निर्वाचन भएको पाँच महिनासम्म पनि सरकार पूर्ण नभएको भन्दै उनले आलोचना गरे। अहिले पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सरकारको काउण्टडाउन सुरु भएको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस