एकीकृत समाजवादी छोडेका न्यौपानेले गरे एमाले प्रवेश « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एकीकृत समाजवादी छोडेका न्यौपानेले गरे एमाले प्रवेश


९ बैशाख २०८०, शनिबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादी छोडेका नेता मुकुन्द न्यौपाने नेकपा एमालेमा प्रवेश गरेका छन् । शनिबार च्यासलमा आयोजित कार्यक्रममार्फत नेता न्यौपाने सहितका ३० जनाको टोली एमालेमा प्रवेश गरेको हो। 

न्यौपाने सहितका नेता तथा कार्यकर्ताहरूलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका थिए। एमाले प्रवेश गर्दै उनले नेकपा एकीकृत समाजवादी पार्टी नै नभएको टिप्पणी गरे।   

न्यौपानेले एकीकृत समाजवादी पार्टीले नेपालमा गरी नखाने उल्लेख गर्दै समाजवादी पार्टीले समाजवाद नल्याउने बताए। 

Tags :
प्रतिक्रिया दिनुहोस